प्रतिनिधिसभाकाे लागि भएकाे चुनावमा नेकपा उम्मेदवार विधा भटटराइले फराकिलाे मत अन्तरले चुनाव जितेकी छिन।उनका पति रवीन्द्र अधिकारीकाे निधन भएपछि रिक्त रहेकाे स्थानमा भएकाे चुनावमा विधाले कुल २४हजार ३९४ मत पाइन भने उनीसंग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका उम्मेदवार खेमराज पाैडेलले १५हजार ९९१ मत पाए।उनीहरूविच ८हजार ४०३ मतकाे फरक परयाे।फराकिलाे मत अन्तरले चुनाव जितेपछि भटटराइ मख्ख देखिन्छिन।तर चुनाव जितेकी भटटराइ कांग्रेस उम्मेदवार पाैडेलले भेटेर बधाइ दिएका छन।एउटा असल संस्कारकाे सुरूवात गर्दै उनले अब दिन शुभ रहुन भनेर मत परिणाम स्विकार मात्र गरेनन,विजयी उम्मेदवारलाइ बधाइ पनि दिए।यस्तै पाैडेलले चुनाव नजिते पनि जनताकाे मन भने जितेकाे प्रतिक्रिया दिएका छन।यहि चुनावमा खुव चर्चा कमाएकी साझा पार्टीकी रजनी केसीले भने जम्मा ९४२ मत पाएकी छिन।उनी नेपाली कांग्रेस परित्याग गरी साझा पार्टी प्रवेश गरेकी हुन।उनकाे कारणले पनि पाेखरामा कांग्रेसलाइ हल्का धक्का पुगेकाे थियाे।