काठमाडौं , १५ मंसिर– भक्तपुर प्रदेशसभा–१ (क) मा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् ।

प्रदेशसभा सदस्यका लागि शनिबार भएको मतदानको जारी मतगणनामा काँग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ७४८ मत ल्याई विजयी भएका हुन् , भने नेपाल कम्युनिष्ट पार्टी नेकपा का उम्मेदवार देवी प्रसाद ढकाल डिपिले ११ हजार २ सय १० मत ल्याएका हुन् ।

यसैगरी नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत ल्याएका जानकारी प्राप्त भएको छ ।