ठमेलकाे (LOD) क्लवमा नाचे देखि झन चर्चामा रहेका पुर्वराजा अर्काे कारणले चर्चामा रहेका छन। उनी आइतवार दुइ साता वस्नेगरि भैरहवा जान थालेपछि उनी किन त्यता यति लामाे समय बस्नेगरि जाँदैछन ? भनेर नया बहश सुरू भएकाेछ।पुर्वराजा पत्नी काेमललाइ समेत नलिइकन भैरहवामा लामाे बसाइकाे लागि जाँदैछन।उनी भैरहवामा नै बस्नेछन तर त्यहा बसेर हरेक दिन नया नया ठाउँमा जानेछन।उनी प्रदेश ५ का विभिन्न मठमन्दिरकाे दर्शन बढी ब्यस्त रहने भनिएपनि खासमा उनले यसविचमा अलग ढंगबाट नागरिकसंग सम्वाद गर्नेछन।ठमेलकाे क्लवमा नागरिकसंग हात मिलाउने,सेलफी खिच्ने गरेका पुर्वराजा भैरहवामा पुगेर नागरिकसंग देशकाे अवस्था वुझने तयारीमा छन।उनले यसविचमा पहाडकाे पाल्पा,गुल्मी पनि भ्रमण गर्ने तयारी गरेकाछन।

पुर्वराजा यसरी जाँदा नागरिक समाजका गन्यमान्य ब्यक्तिलाइ समय मिलाएर भेटने र उनीहरूकाे धारणा लिने गरेका छन।केही समय पहिला उनले नागार्जुनमा नै नेपालका चर्चित राजनीतिक विश्लेषकलाइ भेटेका थिए।