काठमाडौं । उपनिर्वाचनको मतदान भइरहेका बेला कास्की र दाङमा बम बिस्फोट भएको छ । मतदान केन्द्र नजिकै बम विस्फोट भएपनि मतदान रोकिएको छैन ।

पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको छ भने दाङको घोराहीको मतदान केन्द्र नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

बम विस्फोटमा कुनै अप्रिय घटना घटेको छैन । दाङमा नेकपाकी उम्मेद्धार विमला केसीले पहिलो मतदान गरेकी छिन् । पोखरामा बम विस्फोट भएपछि २० मिनेट मतदान रोकिएको थियो । तर दाङमा भने मतदान रोकिएन । अहिले दुवै ठाउँको अबस्था सामन्य रहेको छ ।

मकवानपुरमा उपनिर्वाचन नहुने

मकवानपुर । आज हुन लागेको उपनिर्वाचन मकवानपुरमा नहुने भएको छ ।

भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष जगतमान घिसिङ डिभी परेर अमेरिका गएपछि विगत सात महिनादेखि वडा कार्यालय नेतृत्वहीन बनेपछि नयाँ नेतृत्वका लागि गर्न लागिएको उपनिर्वाचन नहुने भएको हो ।

नेतृत्वहीन बनेका कार्यालहरुका लागि उपनिर्वाचन गराईंदा मकवानपुरमा नेतृत्वविहीन बनेको स्थानिय तहले भने नेतृत्व नपाउने पक्का भएको छ ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदै अमेरिका गएका वडाध्यक्ष घिसिङले समयमै राजिनामा नदिँदा उपनिर्वाचन गराउने स्थिति पनि श्रृजना नभएको हो ।

जुनसुकै माध्यमबाट भएपनि हस्तलिखित राजिनामा दिए मात्र स्विकृत हुने प्रावधान रहेकोमा उनले ईमेलमार्फत राजिनामा दिएको बताईएको छ ।