नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले सरकारमा रहेकाे नेकपा आत्तिएकाे बताएका छन।उनले कास्कीमा भएकाे चुनावकाे प्रचार र कांग्रेस उम्मेदवारकाे लाेकप्रियताबाट नेकपा हतास भएर बुथ क्याप्चर गर्ने याेजना बनाइरहेकाे बताएका छन।उनले यहि पारामा निष्पक्ष र स्वच्छ चुनाव नहुने हाे कि भन्ने आशंका ब्यक्त गरेका छन। नेता पाैडेलले प्रशासनलाइ थप चनाखाे रहन सुझाव दिएका छन। बरिष्ठ नेता पाैडेलले याे चुनाव कांग्रेसले जित्ने दावी पनि गरेका छन।उनले कम्युनिष्टहरू झुठाे प्रचारकाे लागि माहिर रहेकाे भन्दै सत्ताकाे बलमा भएका झुठा प्रचार चिर्ने दावी गरेका छन।