ओलि सरकारले समृद्धि पथमा देश अघि बढेकाे बताइरहेकाे बेलामा नेपालमा प्याजकाे भाउ अचानक यसरी बढेकाे छ कि यसले प्याज काटदा भन्दा प्याज किन्दा आशु आउन थालेकाे छ।

सय रूपैयाँ किलाेकाे प्याज अचानक बढेर अहिले बजारमा २३० रूपैयाँ किलाेकाे भएकाे छ।प्याजकाे भाउ यसरी अकाशिएपछि अहिले उपभाेक्ता प्याज किन्दा नै आँशु निकाल्न थालेका छन।तर पनि सरकार भने माैन छ।बजार अचानक प्याजकाे भाउ किन यसरी बढयाे र यसलाइ कसरी नियन्त्रण गर्न भनेर सरकारले याेजना बनाउनुपर्ने थियाे तर यस तर्फ पनि सरकारले कुनै ध्यान दिएकाे छैन।

यस बर्ष ८ प्रतिशतकाे आर्थिक वृद्धिदर हासिल गर्ने भनेर दावी गरेकाे सरकारले महंगी नियन्त्रण गर्ने दावी पनि गरेकाे छ तर रातारात यसरी महंगी बढदा भने चुइक्क वाेलेकाे छैन।