एक–अर्काप्रतिको आकर्षण, मानवीय सम्बन्ध र यौनकर्म फरक कुरा हुन् । हामीले चाहेर–नचाहेर हाम्रो देशको यौनबजार फैलने क्रममा छ । र, यो फैलँदो बजारका उपभोक्ता हाम्रै देशका नागरिक हुन् ।

के कसैसँग यौन सम्बन्ध राख्नु ‘काम’ हो ? ‘सेक्स वर्कर्स’को नेपाली अर्थ यौनकर्मी हुन्छ । यौन ‘कर्म’ हो या भावनात्मक संवेदनासँग जोडिएको कुरा हो ? यो किनबेच गर्ने वस्तु हो या ठूलो मानसिक तयारीका साथ एक–अर्कामा समाहित हुने कुरा ? ‘लेबल अफ अन्डरस्ट्यान्डिङ’अनुरूप बुझाइ फरक हुन सक्छ । मिडियाको विश्वबजारमा यौन सबैभन्दा बढी पढिने सामग्री हो । मानिसहरूबीच सबैभन्दा चासोको विषयका रूपमा पनि यसलाई लिइन्छ । त्यसैले त कोसँग कसको सम्बन्ध छ, कोसँग को हिँड्यो, हाँस्यो, बोल्योजस्ता व्यक्तिगत कुराले अहिले पनि चर्चा पाइरहेको हुन्छ ।

विपरीतलिङ्गीसँगको सम्बन्धलाई यौनसँग जोडेर हेर्ने चलन हामीकहाँ मात्र होइन विश्वमै छ । समयक्रममा समलिङ्गी सम्बन्धहरू पनि अघि बढिरहेका छन् । एक–अर्काप्रतिको आकर्षण, मानवीय सम्बन्ध र यौनकर्म फरक कुरा हुन् । हामीले चाहेर–नचाहेर हाम्रो देशको यौनबजार फैलने क्रममा छ । र, यो फैलँदो बजारका उपभोक्ता हाम्रै

■ बबिता बस्नेत

देशका नागरिक हुन । यौनकर्मी महिलालाई विभिन्न उपमा दिने गरिए पनि खरिदकर्ताहरूलाई भने हामीकहाँ खासै त्यस्तो विशेष उपमाबाट सम्बोधन गर्ने गरिएको छैन ।

एक–अर्काप्रतिको आकर्षण, मानवीय सम्बन्ध र यौनकर्म फरक कुरा हुन् । हामीले चाहेर–नचाहेर हाम्रो देशको यौनबजार फैलने क्रममा छ । र, यो फैलँदो बजारका उपभोक्ता हाम्रै देशका नागरिक हुन् ।

यही २०७६ साल मङ्सिरको पहिलो हप्ता यो पङ्क्तिकारको यस्ता महिलाहरूसँग भेटघाट र कुराकानी भयो जो राजधानीका विभिन्न स्थानमा सेक्स वर्करका रूपमा काम गर्थे, गर्छन् । चालीस–पचासजनाको सङ्ख्यामा एकै ठाउँ उनीहरूलाई भेटेर फर्किएको केही दिनसम्म तीमध्ये केहीको अनुहार आँखावरिपरि आइरह्यो । छोरी भन्न मिल्नेदेखि आफ्नै दौँतरी र आमाको उमेरसम्मका उनीहरू यौनकर्मी बन्नुका पछाडि यही जिन्दगीमा आफूले व्यहोरेका अनेक आँधी–बेहरी लुकेका थिए । तीमध्ये अधिकांशको कथा पतिले दिएको धोखा, दुःख, कष्ट र अपमानसँग जोडिएको थियो । बच्चा हुर्काउन र पढाउनका लागि प्रहरीको धरपकड र घोर अपमान सहेर उनीहरू पेसामा थिए, छन् । सोही पेसा गरेर बच्चा पढाएकामध्ये कतिचाहिँ बच्चा ठूलो भएपछि आमाको पेसा थाहा पाएर घृणा गर्दै घर छोडेर हिँडेकाले विक्षिप्त मन लिएर बाँचिरहेकाहरू थिए । जिन्दगी धान्न यौन पेसा अपनाएर कपाल सेतै फुलेपछि टेक्ने, समाउने ठाउँ नभएकाहरूको सङ्ख्या पनि बढ्दै गएको रहेछ । उक्त पेसामा लागेकामध्ये धेरैको नागरिकता छैन रहेछ । नागरिकता नभएपछि उनीहरूले बैंकमा खातासम्म खोल्न मिल्ने अवस्था नहुनु स्वाभाविक नै हो ।

साना छोराछोरी हुनेहरूमध्ये केहीले भने, ‘घरमा बच्चा आमाले साँझ पापा लिएर आउँछे भनेर पर्खिरहेका हुन्छन् । हामीलाई कहिलेकाहीँ बाटोमा हिँड्दाहिँड्दै प्रहरीले पक्रिएर दश दिनसम्म थुनामा राख्छ । बच्चा एक्लै भएकाले मानवीय नाताले छोडिदिनुस् भन्दा उनीहरूले छोड्दैनन् । प्रहरीमा बुझाउनका लागि पैसा पनि हुँदैन ।’ यौनकर्मी महिलालाई अपराधीलाई झैँ व्यवहार गर्ने गरिएको छ । उनीहरूको यौनको मोलतोल गर्नेहरू पक्राउ पर्दैनन् । केही यौनकर्मी महिलाले इथिक्सको कुरा पनि गरे । ‘हामीकहाँ ठूलाठूला मान्छे पनि आउँछन्, श्रीमतीको पाठेघरमा समस्या छ या पाठेघर निकालेको छ भन्छन्, तर हामी उनीहरूको नाम भन्दैनौँ । नाम भने यहाँहरू सबैले चिन्नुहुन्छ, आफ्ना ग्राहकको गोपनीयता हाम्रो इथिक्स हो ।’

यौनकर्मी महिलालाई अपराधीलाई झैँ व्यवहार गर्ने गरिएको छ । उनीहरूको यौनको मोलतोल गर्नेहरू पक्राउ पर्दैनन् । केही यौनकर्मी महिलाले इथिक्सको कुरा पनि गरे ।

यो पेसामा पढेलेखेका महिलाको सङ्ख्या थपिँदै रहेछ । एकपटक प्रहरी थानामा बसेर फर्किएकाहरूलाई बजारमा किनमेल गर्दा, रेस्टुरेन्टमा खाँदै गरेको बेला र बाटोमा हिँडिरहेको बेला पनि प्रहरीले अश्लील भाषा प्रयोग गर्दै पक्रने गरेको रहेछ । एकपटक रत्नपार्कमा प्रहरीले लखेटेपछि भाग्दै गर्दा एक महिला दुर्घटनामा परिछन्, तर प्रहरीले उठाएनछन् । अरूले उठाउन लाग्दा पनि यो त यस्तो हो भनेर अपमानपूर्ण भाषा प्रयोग गरेर अरूलाई पनि उठाउन दिएनछन् । प्रहरी कार्यालयभित्र पुऱ्याएपछि भने उनीहरूलाई ‘सेफ्टी पिन’ भनी सम्बोधन गरिँदोरहेछ । सेफ्टी पिन किन भनेको भन्नेचाहिँ उनीहरूलाई पनि थाहा छैन ।

घरेलु हिंसामा परेका मात्र नभई द्वन्द्वपीडितहरूको सङ्ख्या पनि ठूलो रहेछ । मुलुकमा १० वर्षे युद्धका कारण व्यवस्था नै परिवर्तन हुँदा द्वन्द्वपीडितहरू शरीर बेच्नुपर्ने अवस्थामा पुग्नु कति पीडादायी कुरा हो भनेर शायद भनिरहनुपर्दैन । ‘श्रीमानको उपचार गर्दा ऋणमाथि ऋण थपिएपछि म रत्नपार्क पुगेँ, निको भएपछि यस्तो पेसामा लागिस् भनेर उनले छाडिदिए’ सुन्दा मनमा पहिरो जाने यस्ता पीडादायी वास्तविकता त उनीहरूसँग कति छन् कति । महिलाहरू रत्नपार्क, बालाजु, कोटेश्वर, बसपार्कतिर बसेको देख्नेले तिनलाई कसले र केले त्यहाँ पुग्न बाध्य बनायो ? भनेर सोच्दैन । कति श्रीमान्को मानसिक अवस्था बिग्रिएपछि त्यहाँ पुगेका छन्, कतिले छोराछोरीको पेट पाल्नका लागि पेसा अपनाएका छन् । ‘हामी हाम्रा छोरी–बुहारीले यस्तो पेसा गरून् भन्ने चाहँदैनौँ,’ सबैको भनाइ एउटै थियो । यसको अर्थ उनीहरू यो राम्रो र सहज पेसा हो भनेर आएका होइनन् ।

देहव्यापार अपराधीकरण गर्नुपर्ने कुरा हो कि होइन ? विश्वका धेरै मुलुकमा यो गैरकानूनी छ, तर अपराध मानिँदैन । कतिपय देशमा कानूनी मान्यता दिइएको छ, तर नियमन गरिन्छ । कतिपय देशमा यौन बेच्नुलाई अपराध मानिँदैन, तर किन्नुलाई अपराध मानिन्छ । क्यानडामा यस्तो व्यवस्था छ । जर्मनीमा देहव्यापार कानूनी छ, तर महिलाको सुरक्षाका लागि यति धेरै प्रावधानहरू राखिएको छ कि सेक्स वर्करसँग जानका लागि ग्राहकले धेरैपटक सोच्नुपर्छ । हामीकहाँ कानून छैन, तर यौनकर्मीलाई मात्र नभई कुनै पनि महिला–पुरुषलाई होटेलमा बास बसिरहेको ठाउँमा पनि छापा मारेर पक्राउ गर्ने गरिएको छ । काठमाडौंका प्रहरी प्रमुख फेरिनासाथ शान्ति सुरक्षाका नाममा होटेलका बन्द कोठाहरूमा छापा मार्ने गरिएको छ । अहिले व्यक्तिगत गोपनीयताको हकसम्बन्धी कानूनले त्यसरी कोठामा छापा मार्न दिँदैन, पाइँदैन । तर, प्रहरीबाट कानूनको पालना भइरहेको छैन ।

‘श्रीमानको उपचार गर्दा ऋणमाथि ऋण थपिएपछि म रत्नपार्क पुगेँ, निको भएपछि यस्तो पेसामा लागिस् भनेर उनले छाडिदिए’ सुन्दा मनमा पहिरो जाने यस्ता पीडादायी वास्तविकता त उनीहरूसँग कति छन् कति ।

गत वर्ष जेनेभामा आयोजित सिड सेसनमा परिचित केही बहिनीहरूले ‘म सेक्स वर्करको हैसियतमा बोलिरहेकी छु’ भनेर आँखैअगाडि बोल्दा अचम्म लागेको थियो । त्यतिबेला केहीले हामीकहाँ पनि सेक्स वर्कर छन् र ? भनेर प्रश्न पनि गरेका थिए । अहिले काठमाडौंमा मात्रै ४० हजारभन्दा माथि यौनकर्मीको सङ्ख्या रहेको अनुमान गरिएको छ । वृद्धा महिलाको बस्ने, खाने समस्या छ । गत हप्ता राजधानीमा भेटेका यौनकर्मी महिलामा अचम्मको विविधता देखेँ । मधेसी महिला पनि राजधानीको सडकमा यौनकर्ममा संलग्न छन् भन्दा पत्याउन गाह्रो पर्छ, तर यो हाम्रो वास्तविकता हो । क्षेत्री, बाहुन, विभिन्न जातजाति, क्षेत्र सबैतिरका महिला पेसामा छन् । यो समावेशी भयो भनेर खुसी मान्नुपर्ने कुरा भने होइन । राज्यले यसलाई धरपकड गरेर होइन वैकल्पिक कामको व्यवस्था गरेर सम्बोधन गर्नुपर्छ ।

‘सेक्स वर्क’ सदियौँ पुरानो पेसा हो । यसका रूपहरू सडकदेखि महलसम्म फरक थिए, छन् । यसलाई अधिकारसँग जोडेर पनि हेर्ने गरिएको छ । महिलाको आत्मसम्मानसँग मात्र नभएर यो पुरुषको चरित्रसँग जोडिएको कुरा पनि हो । तर, हामीकहाँ प्रायः महिलालाई मात्र दोषी देखाउने गरिएको छ । भगवान् गौतम बुद्धको जीवनमा पनि सेक्स वर्कर महिलाको प्रसङ्ग जोडिएको छ । यो भनेको २५ सय वर्षअगाडिको कुरा हो । एकपटक गौतम बुद्धका निकटतम सहयोगी आनन्दलाई एकजना यौनकर्मी महिलाले खाना खान निम्ता दिइछन् । आनन्दले बुद्धलाई के गरुँ भनेर सोधे । बुद्धले ‘बोलाएको ठाउँमा किन नजानु, जाउ न’ भनेर भनेपछि गाउँका भलाद्मीहरूले त्यस्ती चरित्रहीन महिलाकहाँ जाँदा गौतम बुद्धकै बेइज्जत हुने भनी नजाने सल्लाह दिए । उनीहरूको कुरा नसुनेझैँ गरी त्यहाँ नजानुपर्ने कारणचाहिँ के हो नि ? भनेर सोध्दा उनीहरूले महिला यौनकर्ममा संलग्न भएकाले उनको चरित्र ठीक नभएको बताए । जवाफमा उहाँले ‘यति सानो गाउँमा उनको चरित्र बिगार्न बाहिरबाट त मानिस आउँदैनन् होला । उनीसँग जाने तपाईंहरू चरित्रवान अनि ती महिलाचाहिँ चरित्रहीन कसरी भइन् ?’ भनी प्रश्न गरेपछि जवाफमा उपस्थित सबैले शिर निहु¥याएका थिए भनी बुद्धको जीवनीमा उल्लेख छ । आनन्द उनीकहाँ खाना खान गए र केही दिनपछि उनी भिक्षुणी बनेर बुद्धको टिममा सामेल भइन् । वातावरणले मानिसलाई परिवर्तन गर्छ भन्ने कुराको उदाहरण पनि हो यो ।

हाम्रो देशमा यो पेसा राजधानीमा मात्र सीमित छैन । विभिन्न जिल्लाहरूमा सेक्स वर्करहरूको सङ्ख्या बढ्दै गएको सन्दर्भमा यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा बहस र छलफल हुनु आवश्यक छ । धरपकड र अपमान गर्नुअघि राज्यले विकल्प दिन सक्नुपर्छ । घटना र बिचार