ओलीले सिके राउतलाई मन्त्री बनाउने !

प्रधानमन्त्री केपी ओलीले सिके राउतलाई सरकार बिस्तारको क्रममा मन्त्री बनाउने भएका छन् ।ओलीले विगतमा मधेश आन्दोलनमा केन्द्रित दलको पदाधिकारी रहेका दुईजना नेतालाई सरकारमा सहभागी गराएइसकेका छन् ।

आफ्नो कट्टर आलोचक र मधेशको मुद्दामा उग्र अभिव्यक्ति दिएर सक्रिय भएका हृदयश त्रिपाठी र रामेश्वर राय यादवलाई मन्त्री बनाइसकेका ओलीले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन पहल थालेका  बुझीएको छ । मधेशको मुद्दामा उग्र विचार राख्ने राजेन्द्र महतो संयोजक हुँदा ओलीका तर्फबाट त्यस्तो पहल भइसकेको बुझिएको छ ।

ओलीले सी के राउतलाई बिखण्डनकारी विचार त्याग्न वाध्य पारे । अब उनलाई सरकारमा ल्याउने पहल भइसकेको छ । राउतले त्यसको संकेत गरिसकेका छन् । उनले विगतमा उठाएको विचार त्यागेर रङ्गभेदविरुद्धको विचार अघि सारेका छन् । मधेशमा उक्त विचारसहितको प्रदर्शन समेत गरे । यसलाई उनको सुरक्षित अवतरणपछि विचारमा आएको परिवर्तनका रुपमा लिइएको छ ।

यसै वर्षको अन्ततिर ओलीले मन्त्रीमण्डल पुनः पुर्नगठन हुने संकेत गरिसके । राष्ट्रिय सभामा केही सिटमा चुनाव हुँदा राउतको समेत सम्भावना छ ।

राउतलाई राष्ट्रिय सभामा स्थान दिएर ओलीले मन्त्री बनाउने गरी रणनीति बनिरहेको बुझिएको छ । त्यसैको माहोल बनाउन राउतले आफूलाई बिखण्डनकारी नभएको सन्देश दिन थालेका छन् ।

उनको यु टर्न अब सरकारमा सहभागी हुने मार्ग खोल्ने रणनीतिका रुपमा बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

..........................स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।