केही सरकारी र केही निजि कामले भारतकाे नया दिल्लिी पुगेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेपाल फर्कंदा उपप्रधान तथा कानुन मन्त्री भएर फर्कनेछन।उनी विदेशमा नै रहदै उनकाे मन्त्रालय नै साटिएकाे छ।बहालवाला अन्य कुनै मन्त्रीकाे मन्त्रालय साटिएकाे छैन तर उनकाे भने साटिएकाे छ।र,राेचक कुरा के छ भने उनकाे ठाउँमा पहिले कानुन मन्त्री भएका भानुभक्त ढकाललाइ राखिएकाे छ।संविधान संशाेधनकाे माग सहित सरकारमा प्रवेश गरेका यादव अचानक कानुन मन्त्री भ्एपछि अब संविधान संशाेधनकाे जिम्मेवारी पनि उनकै काँधमा छ।उनले नै याे प्रस्ताव संसदमा लैजानु पर्नेछ।तर,के याे काम मन्त्री यादवले गर्न सक्नेछन।

मन्त्री यादव दिल्लिमा हुदा उनकाे मन्त्रालय साटिएकाे छ भने उनका राज्य मन्त्रीकाे पद नै गुमेकाे छ।विरामी भएर सरकारी अस्पतालमा उपचराइरहेका उनका पद नै झिकिएकाे छ।सरकारलाइ महत्वपुर्ण सहयाेग गरेर बसेका यादव सरकारमा रहदा सरकारलाइ निकै ठुलाे मद्धत पुगेकाे छ तर उनकाे जसरी नाम तलमाथि गरिएकाे छ,यसबाट सहजै वुझन सकिन्छ कि प्रधानमनत्री अेालीले हटाउन नसकेर उनकाे मन्त्रालय सारिएकाे हेा।यसलाइ घुमाउराे भाषामा अब तिमीले सरकार छाडे हुन्छ भनेकाे हाे।

मन्त्री यादवले सरकार छाडेकाे खण्डमा उनकाे ठाउँमा राजपालाइ सरकारमा लैजाने अेालीकाे नीति छ।अलि समय समाजवादी संग काम गरेर दुनाे साेझयाएका अेालीले सरकारमा राजपालाइ निम्ता गरिसकेका छन।यसकाे लागि उनले राजेन्द्र महताेसंग सम्वाद गरिरहेका छन।

तर,यादवले सरकार छाडछन वा छाडदैनन भन्ने कुरा उनी नेपाल फर्केपछि मात्र टुंगाे लाग्नेछ।