प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ सूची अनुसार नौ जनालाई मन्त्रीपरिषदको नयाँ अनुहारका रुपमा भित्र्याएका छन् । जस अनुसार ६ जना मन्त्री छन् भने तीन जना राज्यमन्त्री छन् ।
को को हटाइए ?
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित,श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादवलाई मन्त्रीबाट हटाएका छन्। हटाइएका मध्ये महासेठ,पण्डित,विष्ट र थापा पूर्व एमालेका हुन् भने खनाल र यादव पूर्व माओवादीका ।
यसैगरी स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव,पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री राजकुमारी चौधरी पनि पुनर्गठित मन्त्रीपरिषदबाट हटाइएका छन् । अरु मन्त्रीहरु भने यथावत राखिएको छ । तर स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर कानुन मन्त्री बनाइएको छ।
पुनर्गठित मन्त्रीपरिषदको नयाँ अनुहारहरुमा बसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि),लेखराज भट्ट (उद्योग) र रामेश्वर राय (स्वास्थ्य) रहेका छन् । यसैगरी मोती दुगड ( उद्योग तथा वाणिज्य राज्यमन्त्री), रामवीर मानन्धर(सहरी विकास राज्यमन्त्री) र नवराज रावत (स्वास्थ्य राज्यमन्त्री) नियुक्त भएका छन् ।
पुनर्गठित मन्त्रीपरिषदको पूर्ण सूची यस्तो छ: