काठमाडौँ। काठमाडौं स्रोहखुट्टे स्थित पिपल्स डेन्टल कलेज टि .यु अन्तरगतको कलेज हो। बिगत २०/२२ बर्ष देखि यस कलेज नेपालकै पुरानो डेन्टल कलेज को रूपमा पर्ख्यात छ । राम्रो सुबिधा र राम्रो अध्यापन हुने मानिसहरुको बुझाइ छ तर बढी शुल्क लिदै आएको कुरा धेरै लाई था नहुन सक्छ । बढी शुल्क लिएको पिपल्स डेन्टल कलेजले विद्यार्थीहरुसँग विभिन्न नाममा लगेको अतिरिक्त शुल्क फिर्ता दिदैनै तपाईंहरु जे गर्नु हुन्छ गर्नुस भन्दै बिद्यार्थीहरुलाई डरत्रासमा पारेको छ । कलेज नाफा भन्दा बेसि घाटा भएकोले अतिरिक्त शुल्क लिनु परेको र अतिरिक्त शुल्क लिन नपाए कलेज संचालन गर्न नसक्ने भन्दै आफ्नो ठोस निस्कर्स बिद्यार्थीलाई दिएको छ तर सोही कलेजमा अध्ययनरत विद्यार्थी अन्यायमा र अन्योलमा परेका छन्। उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरूका अनुसार कलेजले नेपाल सरकारले तोकेको भन्दा तीनदेखि पाँच लाखसम्म बढी शुल्क लिएको छ।

विभिन्न शिर्षकमा कलेजले विद्यार्थीहरूसँग उक्त शुल्क उठाएको हो। मेडिकल शिक्षा क्षेत्रमा देखिएको विकृतिको अन्त्यका लागि आन्दोलन भईरहेको अवस्थामा पिपल्स कलेजका विद्यार्थीहरूले कलेज प्रसाशनसँग पटकपटक बर्ता बाटै समस्याको समाधान गरौं भन्दा कलेजले बढी शुल्क तपाईहरुलाई रसिद दिएरै लगेका छौ , जे गर्नु हुन्छ गर्नुस हामी शुल्क फिर्ता गर्दै नै भन्दै आफ्नो अडान लिएको छ।

उक्त कलेजमा छानविन नपुगेको पनि होइन तर छानबिन समितिलाई विद्यार्थीका माझ्मा पुग्न नदिई कलेजले छानबिन टोलीलाई फर्काएको थियोे । हाल पर्यटनमन्त्रीसमेत रहेका योगेश भट्टराईको टोलीले कलेजले अवैध रूपमा शुल्क उठाएको कुरा पत्ता लगाउन किन सकेन, किन विद्यार्थीहरु अन्यायमा परिए छानबिन टोलिले के छानबिन गर्यो यो गम्भीर प्रश्न उठेको छ।। पीडित विद्यार्थीहरूको बीचमा नपुगेरै छानविन टोली फकिएको कारण उक्त कलेज कालोसूचिमा पर्नबाट जोगियो जसमा कलेज र छानबिन टोलीको मिलिमत्तो रहेको बिद्यार्थीहरुले सन्का गरेका छ्न । त्यसै कारण विद्यार्थीहरूले विभिन्न शिर्षकमा तीनदेखि पाँच लाखसम्म बढी शुल्क तिर्न बाध्य बनेका छन्।

आइ. ओ.एम र नेपाल सरकारले बिडिएस अध्ययन का लागि भनेर तोकेको भन्दा बढी लिएको हो तर बारम्बार आइओएम बिगेप्ती निकाली खानबस्न र परिक्षा शुल्क वाहेक अन्य सम्पुर्ण शुल्क समाबेश हुनेहुदा ती शिर्षक बाहेक अन्य शीर्षकमा शुल्क नतिर्न नतिराउन सबैलाई जानकारी दिएको थियोे तर पिपल्स डेन्टल कलेजले आइओएम को कुरा सुुनेन भनै वा अटेरी गरि बिद्यार्थीहरु बाट बढी शुल्क लिइरहेको छ।

कलेजले आईटी, एचआरडी, कम्युनिटी, लाइबेरी, बेसिक साइन्सल्याव, डेन्टल मेट्रिरियल कस्ट, इसिए र इन्टनसिपलगायत शिर्षकमा बढी शुल्क उठाएको पाइएको छ। साथै कलेजले आइओएमले तोकेको परिक्षा शुल्कभन्दा विद्यार्थीहरूबाट २५ हजारसम्म लजिस्टिक फी भन्दै बढी शुल्क उठाइरहेको छ ,आखिर के हो त लजिक्टिक फी भनेको विभिन्न शीर्षकको नाममा किन लिइदै छ त बढी शुल्क । आइओएम ले २५ सय रूपैयाँ परिक्षा शुल्क भन्दै गर्दा कलेजले मनपरी रूपमा शुल्क उठाइरहेको छ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई भर्ना लिइसकेपछि बढी शुल्क तिर्न बाध्यपार्ने सहमति गराइ कन्ट्याक्ट् पेपरमा हस्ताक्षर गर्न लागाइएको विद्यार्थीको गुनासो छ । हालै विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल सूचिमा पिपल्स कलेजको नाम पर्न सकेन र नपर्नुमा छानविन समितिको मिलेमतो रहेको विद्यार्थीहरूको आरोप छ।

हालै चितवन् मेडिकल कलेज, नोवेल मेडिकल कलेज र ननेसनल मेडिकल कलेजमा अनुगमन टोलि पठाइ छ्पामारिएको छ । बढी शुल्क लिनेमा गण्डकी मेडिकल कलेज पोखरा, नोवेल मेडिकल कलेज, विराटनगर, लुम्बिनी मेडिकल कलेज पाल्पा, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेसनल मेडिकल कलेज, विरगञ्ज, केएमसी मेडिकल कलेज काठमाडौं, नेपालगञ्ज मेडिकल कलेज बाँके, विराट मेडिकल कलेज विराटनगर, कलेज अफ मेडिकल साइन्स भरतपुर चितवन, मनिपाल मेडिकल कलेज पोखरा, किस्ट मेडिकल कलेज, ललितपुर, देवदह मेडिकल कलेज रुपन्देहीलगायत छन्। छानविन टोलीलाई नै प्रभावित पारेर मेडिकल माफियाहरूले विद्यार्थीहरूबाट चर्को शुल्क असुली रहेका छन्।
डा.बन्ने सपना देखेका विद्यार्थीहरू आज मेडिकल माफियाहरूको अत्याचारमा परेका छन्। विराटनगरमा रहेको र कालोसूचिमा परेको नोवेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा. सुनिल शर्मा नै पिपल्स कलेजका सञ्चालक हुन्। नेपाल सरकारले पीडित विद्यार्थी हरुको मागलाई छिटोछरितो सम्बोधन गरोस् पीडित बिद्यार्थी आन्दोलनमा आउने र कलेजमा तालाबन्दी गर्नुपर्ने अबस्था नआओस ,हाम्रो सुझाव ।