काठमाडौँ ग्लोबल आइएमई बैंक र जनता बैंकलाई मर्जरमा जाने दुबै बैंकको साधारण सभाले स्विकृति दिएको छ । दुबै बंैकले आज छुट्टाछुट्टै साधारण सभा गरेर मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । दुई बैंकको मर्जरपछि अब २० अर्व भन्दा बढी चुँक्ता पूँजी पुग्ने पहिलो बैंक बन्ने छ । साधारण सभामा बैंकका शेयरधनीले नबिल तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकहरुले जस्तै लाभांश दिन सक्ने बनाउन सुझाव दिएका छन् ।

ग्लोबल आइएमई बैंकको मर्जरको प्रस्तावसँगै १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस शेयर प्रस्ताव पनि पारित भएको छ । आइएमई बैंकले आफ्नो जारी पूँजी १ अर्बबाट बढाएर २५ अर्ब पु¥याउने विशेष प्रस्ताव पनि पारित गरेको छ । दुबै बैंकको संयुक्त मर्जर समिति तथा दुबै बैंकको सञ्चालक समितिले पारित गरेअनुसार शेयर आदान–प्रदान अनुपात (१ बराबर ०.८५) भएको छ ।

त्यसैगरी, जनता बैंकले ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । दुई बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले असोज ८ गते सैद्धान्तिक स्वीकृति प्रदान गरको थियो । बैंकले एकिकृत कारोबार मंसिर अन्तिम साता गर्ने भएको छ । अहिले भने नेपाल इन्भेष्टमेन्ट बैंकको चुँक्ता पूँजी सबैभन्दा बढी छ । तर, मर्जरपछि सबैभन्दा ठुलो र बढी चुँक्ता पूँजी भएको बैंक ग्लोबल आइएमई हुनेछ ।

त्यस्तै पूँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारीलगायतमा पनि ग्लोबल आइएमईले सबै बैकलाई पछि पार्ने छ । मर्जरपछि बैंकको जगेडा कोष पनि बलियो हुँदैछ । मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ पुग्ने भएको छ ।