सिंगापुरमा उपचार गरेर पनि सन्चाे नभएपनि प्रधानमन्त्री केपी अेाली अब अमेरिकामा उपचार गर्न जाने तयारीमा जुटेका छन।सवै काम हतार हतार गरिरहेका उनी उपचारकाे लागि लामाे समय लाग्ने देखिएपछि नियुक्ति देखि मन्त्रीपरिषद पुर्नगठनसम्म हतार हतारमा गरिरहेका छन।उनले उपचारकाे तारतम्मे मिलाउनकाे लागि निजि चिकित्कस डा.दिब्यसिंहलाइ अमेरिका पठाइसकेका छन।गत साता नै अमेरिका गएकी सिहले अमेरिकामा मृगाैलाकाे उपचार कहाँ सम्भव छ र नया मृगाैला प्रतयाराेपण कति सम्भव छ भनेर साेधखाेज गरिरहेकी छिन।मृगाैलाका अधिकांश विरामी एक पटक मृगाैला प्रतयाराेपण भइकेपछि पुन मृगाैला प्रत्याराेपणकाे लागि अमेरिका जाने गर्दछन।तर,यस कुरामा प्रष्ट हुन नसक्दा प्रधानमनत्री अेाली सिंगापुरमा गएर प्जामाेफेरासिस गरेर नेपाल फर्केका थिए।उनी नेपाल फर्केपछि पनि वारम्वार अस्पतालमा उपचार गराइरहेका छन।

प्रधानमन्त्रीकाे भ्रमणकाे तालमेल मिलाउन चिकित्सक मात्र नभइ उनका विदेशमामिला सल्लाहकार डा.राजन भटटराइ पनि एउटा कार्यक्रमकाे बहाना बनाएर अमेरिका गएका छन।यी सवै कुरा मिलेपछि उनी अमेरिकमा उपचारकाे लागि जानेछन।तर उनकाे उपचारकाे लागि भने निकै लामाे समय लाग्ने अनुमान गरिएकाेछ।यसकाे लागि समय लाग्ने भएपनि प्रधानमनत्री यतिवेला हतपतमा धेरै काम फटाफट गरिरहेका छन।खासगरि नया याेजना शिलान्यासमा उनले बढी चासाे देखाउन थालेका छन।