नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का युएईमा शुरु हुने अबुधबी टि-१० लिगका लागि आज युएई जाँदै छन् ।नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने प्रतियोगिताको केहि साता अघि ड्राफ्ट सम्पन्न भएको थियो भने पारसको नाम ड्राफ्टमा समावेस गरिएको थिएन । उनको नाम अबुधबीको टोलीमा समाबेस गरिएर सामाजिक संजालमा आए पछि क्रिकेटिंगनेपालसँग कुरा गर्दै पारसले ड्राफ्ट अघि नै फ्रेन्चाइज टोलीले आफुलाई सम्पर्क गरेर अनुबन्ध गरिसकेको जनाए । पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने पनि जनाए ।

केहि दिन अघि मात्र कप्तान पारसले आयोजक र फ्रेनचाईज ओनरले आफुलाई सम्पर्क गरेर टि-१० लिग खेल्नका लागि अनुरोध गरेको तथा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक र परिवारको सरसल्लाहमा खेल्नका लागि तयार रहेको जनाएका थिए ।

पारसको टोलीमा मोएन अली, मोहम्मद आमिर, कोरे एन्डरसन, रोहण मुस्तफा, लुक राईट जस्ता खेलाडी रहेका छन् ।

त्यस्तै पारसले टोलीको शुरुवाती ११ मा पर्ने नपर्ने सबै प्रशिक्षक र कप्तानका हातमा रहेको र पाएको खण्डमा राम्रो प्रदर्शन गर्ने पनि जनाए ।

यस अघि सम्पन्न अक्सनमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने कर्नाटक टस्कर्सले आफ्नो टोलीमा समावेस गरेको थियो ।