काठमाडौं ।२३ कात्तिक–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट अतिक्रमित नेपाली भूमिबारे भइरहेको आन्दोलन सशक्त पार्न नेवि संघलाई निर्देशन दिएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले नेवि संघका नेताहरुलाई आन्दोलन थप चर्काउन निर्देशन दिएका हुन् ।

लिम्पियाधुरा, कालीपानी, लिपुलेकलाई भारतले आफ्नो नक्सामा संगठनले आन्दोलन गरिहेका छन् ।

सभापति देउवाले भारतीय नक्सा सच्याउन राष्ट्रिय एकता आवश्यक रहेको बताए । यसबारे भारतीय राजदूत र कुटनीतिज्ञसँग ध्यानाकर्षण गराइसकेको सभापति देउवाले बताए ।

जम्मु–कश्मीर सहित भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूमि समेत समेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो चार बजे सर्वदलीय बैठक नै बोलाएका छन् । साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएका हुन् ।