२०७६/०७/२३

मित्र प्रसाद पाण्डे

भरतपुर अस्पतालमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

अस्पतालको भर्‍याङमा लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका विष्णु सुनारको शव फेला परेको हो ।

घाँटीमा सलको पासोमा झुन्डिएको अवस्थामा गए राति उनको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

तीन महिना अगाडि सुत्केरी श्रीमतीलाई उपचार गराउन उनी भरतपुर अस्पताल आएका थिए । उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको र आज (शनिबार) डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ ।