काठमाण्डाैं,कार्तिक । असाध्यै ठुलाे दवावपछि प्रधानमन्त्री केपी अेालीले आज सर्वपक्षीय भेला वाेलाएका छन।गत हप्ता नै भारतले एक तर्फी रूपमा नेपालकाे कालापानी,लिम्पियाधुरा र लिपुलेक समेत समेटेर भारतकाे नयाँ नक्सा जारी गरेपछि यतिवेला जनता सडकमा उत्रिएका छन।तर यसका वावजुद पनि प्रधानमन्त्री केपी अेालीले एक बाक्य यसवारेमा बाेलेका थिएनन। बरू कांग्रेस सभापति शेरवहादुर देउवाले सिधै भारतीय राजदुतलाइ फाेन गरेर याे गलत भयाे भने।यसपछि विधार्थीहरू सडकमा उत्रिएका छन।यसपछि शुक्रवार अवेर प्रधानमनत्री केपी अेालीले आज अवेर वस्ने गरि सर्वपक्षीय भेला डाकेका छन।उनले शनिवार अपरान्ह ४ बजे बालुवाटारमा राजनीतिक दलका नेता देखि विदेश मामिलामा जानकारी राख्ने ब्यक्तिहरू समेत वाेलाएका छन।यसपछि सरकारले एउटा साझा धारणा राख्ने तयारी गरेकाे छ।

तर,नाकावन्दीमा भारतसंग अडान लिएकाे भनेर राष्ट्रवादी भनिएका नेता अेाली सिमा मिचिंदा भने चुइक्क वाेलेका छैनन।उनलाइ भारतविरूद्ध किन नवाेलेकाे भनेर खुव आलाेचना भइरहेकाे छ।