बालुुवाटार, काठमाण्डौंमा  केन्द्रीय कार्यालय रहेको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६ औंै बर्षमा प्रवेश गरेको छ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५ औंै बार्षिक उत्सव मनाइएको हो । आज बिहिबार कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौंमा मिति २०७६।०७।१५ गते शुक्रबार रक्तदान कार्यक्रम गर्ने र  मिति २०७६।०७।१६ गते शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने तयारी रहेको छ ।

मुुलुुकभर सातवटै प्रदेशमा गरि ८७ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता ब्यक्त गर्दछौं ।

यस डेभलपमेण्ट बैंकलाई बिगत पन्ध्र बर्ष देखि आजका दिनसम्म ल्याई पुु¥याउन निरन्तर सहयोग गर्नुुहुुने ग्राहक महानुभावहरु, शेयरधनी महानुुभावहरु, सञ्चालकज्यूूहरु, बैंकमा अहोरात खटिई सेवा गर्ने मानव संशाधन परिवार, शुभेच्छुकहरु तथा सम्पूूर्ण नियमनकारी निकायहरु एवं सहयोगी संस्था र कार्यालय साथै संचार मिडिया प्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गरेको छ ।