श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १२ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको प्रतिपदा तिथि बिहान ७।५१ बजेसम्म रहनेछ । सो पश्चात् द्वितीया तिथि रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र राति २।१९ बजेसम्म रहनेछ । यसैगरी आज आयुष्मान् योग र बालव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१३ मा छ भने सूर्यास्त बेलुका ५।२१ बजे हुनेछ ।

चन्द्रमा आज तुला राशिमा छन् । आज तिहारको भाइटीका हो । यसैगरी नेपाल संवत्को नयाँ वर्ष ११४० पनि आजबाट आरम्भ भएको छ । दिदी बहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु आरोग्य र ऐश्वर्य वृद्धिको कामना राखी आज सप्तरङ्गी टीका, मखमली एवं सयपत्रीका माला एवं मिष्ठान्न खुवाउने चलन रहेको छ । गााेवर््धन पूूूजा पनि अाज हाेे । टीका साइत ११:५५ बजेेेेे रहेेेेेकाे छ ।

देश विदेश रहनुहुने सम्पूर्ण महानुभावमा भाइटीका लगायत नेपालसंवत्को हार्दिक मंगलमय शुभकामना ।