भुकम्पले क्षतविक्षत भएकाे रानीपाेखरीकाे काम अहिले भने धमाधम अघि बढन थालेकाे छ।रानीपाेखरीमा अहिलेसम्म पानी कसरी जमाउने भन्ने समस्या उत्पन्न भएकाे थियाे तर यसमा कालाेमाटाे राखेर अब पानी जमाउन सकिने पत्ता लाग्ने वित्तिकै अहिले याे कामले तिव्रता पाउन थालेकाे छ। राष्ट्रिय पुर्निनिर्माण प्राधिकरणले रानीपाखेरीका भुइमा कालाेमाटाे राख्ने काम ८५ प्रतिशत सम्पन्न भएकाे जनाएकाे छ।याे काम सकिएपछि अब यसमा पानी जमाउन थालिनेछ।यसपछि यसलाइ सुन्दर पारिनेछ।


रानीपाेखरीमा नै रहेकाे वालगाेपालेशवर मन्दिरकाे काम पनि निकै अघि बढेकाे छ।४ बर्ष अघि भुकम्पबाट भत्किएकाे रानीपाेखरी अहिले दुइ चरणमा बनिरहेकाे छ।पाेखरी पुननिर्माण प्राधिकरणले बनाइरहेकाे छ भने मन्दिर पुरातत्व विभागले बनाइरहेकाे छ।यसलाइ पाैराणिक शैलीमा नै बनाउन थालिएकाे छ।

यसकाे वुधवार प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले अनुमगन गरेका छन ।