अग्निज्वाला, लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । जुन रुपन्देही जिल्लामा पर्दछ । माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो ।
बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । सिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो ।
रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो ।
उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दुःख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिदाहा भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए ।
बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मेको यो पावभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ ।
सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालुहरु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् ।
। प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिको दिन लुम्विनीमा विशेष कार्यक्रम गरी बुद्ध जयन्ती मनाईन्छ । आज सनिवार २५६३ औं बुद्ध जयन्ती मनाईदै छ भने लुम्विनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरिदैछ । लुम्बिनी र लुम्बिनीसँग जोडिएका बुद्धस्थलमा पर्यटक ल्याउन सके यस क्षेत्रको मात्र होइन प्रदेश र राष्ट्रकै आर्थिक समृद्धिमा टेवा पुग्ने सरकारको अपेक्षा छ ।
राजकिय सुविधामा हुर्के वढेका गौतम वुद्धले दुखको निवारण खोज्दै त्यागी जिवन विताए । उनको त्यो त्याग जोडिएको लुम्विनी देशकै मुहार फेर्न सक्ने अवस्थामा आएको छ । अन्तराष्ट्यि पर्यटकिय स्थल लुम्विनीको प्रवद्र्धन गरी पर्यटक भित्राउने संघिय सरकार र प्रदेश सरकारको योजना छ । लुम्विनी भ्रमण वर्ष २०७६ मा आन्तरिक र वाह्य गरी २० लाख पर्यटकलाई लुम्विनीमा भित्राउने लक्ष्य प्रदेश सरकारको रहेको छ । सन २०१८मा १३ लाख ३९ हजार वढि पर्यटकले लुम्विनीमा अवलोकन भ्रमण गरेका थिए । यहा“ आउने वाह्य पर्यटकमध्ये श्रीलंका, थाईल्याण्ड, चाईना, म्यानमार, भारत लगायका मुलुकबाट वढि पर्यटक आउने गर्दछन ।
ल्ुम्विनीमा अवलोकन गर्ने एतिहासिक तथा पुरातात्विक महत्वमा स्थानहरु छन । अशोक पिल्लर, मायादेवी मन्दिर , विभिन्न देशले बनाएको विहार, संग्राहहलय, सेन्ट्रल क्यानल, पार्कहरु, शान्ति स्तुपा, खअण्ड शान्ति दिप लगायत रहेका छन । जुन लुम्विनीमा छन । लुम्विनीसंग सम्वन्धीत वुद्धकालिन एतिहासिक स्थलहरु कपिलवस्तुको तिलौराकोट दरवार, रुपन्देहीको देवदह, अष्टधातु रहेको रामग्राम पनि अवलोकन गर्न लायक स्थानहरु हुन ।
सरकारले यि तिनवटै जिल्लालाई समेटेर वृहत गुरुयोजना बनाउने सोच बनाएको छ । प्रदेश नं ५का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि लिला गिरीले पर्यटन प्रर्वद्धनको लागी अब लुम्विनीमा मात्र सिमिति भएर नपुग्ने बताए । ‘लुम्विनीमा पर्यटकको भ्रमण अवधी लम्वाउन वुद्ध सर्किटको अवधारणा अघि वढाएका छौ ’ उनले भने ।
लुम्विनीमा मात्रै भ्रमण अवलोकन गर्नको गर्नको तिन दिनका समय छुटाउनु पर्ने पर्यटन गाईडहरु बताउ“छन । वाहिरबाट आउने गाईडहरुले मायादेवी मन्दिर, अशोक पिल्लर शान्ती स्तुपा र केही विहारहरु मात्र घुमाउने गरेको उनिहरुको भनाई छ ।
पर्यटकको लागी खान वस्नको लागि लुम्विनीमा सुविधा सम्पन्न होटलहरु रहेका छन । ३ स्टार लेवलको स्तरीय होटलदेखी सामान्य होटल गरी ३ तिन दर्जन भन्दा वढि लुम्विनी मै होटल रहेका छन ।
लुम्विनीको वृहत्तर विकासको लागि लुम्विनी गुरु योजना निर्माण गरी लुम्विनीको विकासको पुर्वाधार र साजसज्जावट गरिएको छ । जापानी आर्किटेक्चर कान्जी ताङ्गले लुम्विनीको गुरुयोजना बनाएका हुन ।
लुम्विनी गुरुयोजनाले एक हजार १५५ बिघा क्षेत्रफल जमीन ओगटेको छ । लुम्बिनीको तीन वर्ग माइल जमीनलाई उद्यान क्षेत्र, अन्तर्रा्ष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरिएको छ । गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ ।
आगामी तीन वर्ष्भित्र सुन्दरता समेत थपेर लुम्बिनीलाई संसारकै पवित्र र नमूना आध्यात्मिक पर्यटकीय स्थलको सबैका रुपमा विकास गर्ने लक्ष्यसहित आफूहरुले काम गरिरहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए । गुरुयोजना अनुसार न्यू लुम्बिनी भिलेज क्षेत्रमा रु एक अर्ब २७ लाख ६० हजार लगानी भएको छ ।
विकास कोषको खर्च विवरण अनुसार लुम्बिनी गुरुयोजनाभित्र विहार क्षेत्रमा सबैभन्दा बढी रु एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । गुरुयोजना अनुसार न्यू लुम्बिनी भिलेज क्षेत्रमा रु एक अर्ब २७ लाख ६० हजार लगानी भएको छ ।
गुरुयोजनाअनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, साङ्केतिक पेभेलियन निर्माण, विद्युत व्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि रु दुई अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान रहेको छ ।
लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा रु ३८ करोड ८१ लाख लगानी भएको छ । त्यस्तै, लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा रु २९ करोड ७३ लाख लगानी गरिएको छ । नहर निर्माणमा मात्रै रु २४ करोड खर्च भएको थियो ।
लुम्विनी भ्रमण वर्षमा के –के ह“ुदैछ ?
लुम्विनी भ्रमण वर्ष –२०७६को उद्घाटन कार्यक्तममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम छ । भ्रमण वर्ष उद्घाटनमा रुपन्देही,कपिलवस्तु र नवलपरासीमा तीन दिनसम्म विभिन्न कार्यक्रम हुनेछन् ।
बुद्ध जयन्तीका दिन भ्रमण वर्ष मूल समारोहको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय प्रचार प्रसार उपसमिति सचिवालयले जनाएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु, भारतका सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री रामदास आठवले, सम्राट अशोकको निधनबारे खोज अनुसन्धान गरिरहेका बोधगयाका भन्ते तिस्सावरो लगायत पनि सहभागी हुनेछन् ।
लुम्बिनी भ्रमण वर्षकै क्रममा बुद्ध जयन्तीको अवसर पारेर प्रदेश सरकारले अन्तर्रा्ष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा फहराउने भएको छ । यसअघि लुम्बिनीमा राष्ट्रिय झण्डा थिएन । राष्ट्रिय झण्डा राख्न १० लाख ५० हजार रुपैयाँ वजेट विनियोजन भएको छ । प्रदेश ५ को उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले लुम्बिनी नयाँ ग्राम क्षेत्रमा २६ सय ४६ वटा बृक्षारोपण गर्ने भएको छ ।
भ्रमण वर्षमा लुम्बिनी फूड फेस्टिबल,मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ ।
जेठ ५ गते मायादेवी प्रसुति उत्सव मनाउने कार्यक्रम छ । भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।
भ्रमण वर्ष अवधिमा गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ । बुद्ध जन्मभूमि रुपन्देहीको लुम्बिनी, बुद्धको क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्रामलगायत बुद्धसंग सम्बन्धित स्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्ष मनाउन थालिएको हो ।