आइतवार विहान नेपाल भ्रमणको दोस्रो दिनमा चिनिया राष्ट्रपति सि जिन पिङले नेकपा सचिवालयका सदस्यलाइ सामुहिक रुपमा भेटे । सचिवालयका ९जना सदस्यको नेतृत्व नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले गरेका थिए । उनीहरुविचको भेटमा राष्ट्रपति सिले मुख्य पाच बुदामा केन्द्रित रहेर कुराकानी गरेको देखिन्छ । यसरी सामुहिक भेट गरेको लगत्तै उनले पुर्वप्रधानमन्त्री तथा केहीवेर अघिसम्म सचिवालय सदस्यको नेतृत्वका गरेका दाहालसंग भेट गरे । अध्यक्ष दाहाललाइ भेटने कुरा निकै प्राथमिकतामा राखेका थिए । अन्य नेतालाइ केहीवेर उठेरै भेटेका सीले अध्यक्ष दाहालसंग भने बसेर लामो कुराकानी गरे । यसअघि दाहालसंग कतिवेर भेटने भन्ने कुरा ठयाक्कै समय किटान गरिएको थिएन । तर,दाहालले पुरा आधा घण्टा सीसंग सम्वाद गरे । भेटपछि दाहालले नेपाल र चिनको विचमा सम्वन्ध सौहार्दपार्ने सवालमा कुरा भएको बताए । तर,सामुहिक भेटमा नै सीले नेपालमा हामी मात्र छैनौं अरु पनि छन भनेर अमेरिका र पश्चिमा शक्ति तर्फ सेकंत गरेका थिए । यता आधा घण्टासम्म प्रचण्डलाइ भेटेका सी नेकपाकै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको लागि भने जम्मा १५ मिनेट मात्र समय छुटयाए । हुनत उनीहरुको विचमा समझादारी पत्र निर्माण गर्ने सवालमा अरु केहीवेर वार्तालाप भएको थियो तर एक्लाएक्लै भने उनले जम्मा १५ मिनेट मात्र भेटे ।