काठमडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो करिब ५ बजे काठमाडौं ओर्लेका थिए । सीलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए  । 

नेताहरुसँग वान टु वान वार्ता हुँदा विवादित लिपु लेक सम्झौता खारेजीको कुुुरो कसैैले उठाएनन  

राष्ट्रपति सी जिनपिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै करिब ३५ मिनेट भेटवार्ता भयो । तर कुरो उठेन त्यतै सरकारको तर्फबाट
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति सीसँगको दुई पक्षीय वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर बार्ता भो तर लिपु लेक को बारेमा कुरो उठेन 

शनिबारै साढे ६ बजेबाट राष्ट्रपति भण्डारी र सीबीच करिब ४५ मिनेट वार्ता भो त्यस भेटमा पनि लिपु लेक बारे कुरो भएन । त्यसपछि सवा ७ बजे सीले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग वान टु वान भेटे तर  लिपु लेक को बारेमा कुरो उठेन ।

सी शुक्रबार भारतस्थित चेन्नाई हुँदै ममल्लिपुरम पुगेका थिए । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गरे । ममल्लिपुरमको तटीय क्षेत्रमा डुंगा सयरसँगै वार्ता तय भएको ।थियो यो वार्तालाई उहान– २ नामाकरण गरिएको छ । दोक्लम विवादपछि उहान १ वार्ताले भारत र चीन आपसमा नजिकिएका छन् ।

चिनियाँ राष्ट्रपति सीसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल भयो । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार गरि सहमति भयो तर लिपु लेक बारे सहमति भयन।

यता सीकै भ्रमणको बेला चीन र भारतबीचमा भएको विवादित लिपु लेक सम्झौता खारेजीको विषयमा जनता लेबलमा आवाज उठेको छ । द्विपक्षीय वार्तामा लिपु लेक को विषयमा कुरो नउठाउनुले नेपाली नेताले चिन र भारत संग झुकेेेको आम जनताको  बुझाइ रहेको छ।