मध्ये दशैंमा अचानक प्रधानमन्त्री केपी अेालीकाे सचिवालयले उनकाे नाममा भएकाे सवै सम्पत्ति राष्ट्रकाे नाममा दान गर्ने घाेषणा गरयाे।अेालीकाे याे घाेषणाले बलात्कार काण्डमा पक्राउ परेका कृष्णवहादुर महराकाे चर्चा र दशैंकाे राैनकलाइ समेत छायाँमा पारिदियाे।तर यसपछि प्रधानमन्त्रीले कति सम्पत्ति दान गर्ने भए राष्ट्रलाइ भनेर नयाँ खाेज गर्न थालिएकाे छ। स्वयम प्रधानमन्त्री केपी अेालीले प्रधानमन्त्री भएपछि बुझाएकाे सम्पत्ति विवरणमा उनकाे नाममा एभरेष्ट बैंकमा राखिएकाे ४२ लाख रूपैयाँ देखिन्छ।यसदेखि वाहेक उनकाे नाममा केही पनि र कतैपनि सम्पत्ति वा पैसा नै देखिदैन।कतिसम्म भने  हाल उनी बसिरहेकाे बालकाेटकाे घर समेत पत्नी राधिका शाक्यकाे नाममा छ र वाकी अन्य सम्पत्ति,गहना,जग्गा पनि उनकै पत्नीकाे नाममा छ।