सभामुख कृष्णवहादुर महराले बलात्कार काण्ड लागेर राजीनामा दिएपछि अब काे हाेला नया सभामुख भन्ने खाेजी सुरू हुन थालेकाे छ।नया सभामुख नया अनुहारकाे हुने वा पुरानैलाइ बनाउने भन्ने दाेधारमा यतिवेला नेकपा रहेकाे छ।सत्तारूढ दल नेकपाभित्र एकाथरि मानिसहरू पुर्वसभामुख सुवास नेम्वाङलाइ नै सभामुख बनाउनुपर्ने दाैडधुप लागेका बेला उनी स्वयमले भने अब सभामुख नबन्ने घाेषणा गरेका छन।उनी सभामुख बनाएर फसाउन खाेजिएकाे भन्न थालेका छन।

सुवास नेम्वाङले सभामुख नवन्ने घाेषणा गरे लगत्तै,अब याे दाैड झन पेचिलाे बनेकाे छ।अब कसलाइ बनाउने भनेर नेकपा भित्रकाे दुइ खेमा नै सक्रिय छ।पहिलाे सभामुख पदमा माअेावादी खेमाबाट महरा भएकाेले यसपटक पनि सभामुख साे खेमाले दावी गरेकाे छ।अर्काे खेमा भने अहिलेकी उपसभामुख शिवमाया तुम्वाहाम्फेलाइ नै सभामुख बनाउने चक्करमा छन।तर,सभामुख र उपसभामुख एउटै दलकाे हुन नहुने संवैधानिक ब्यवस्थाले गर्दा सभामुख नेकपाले लिने भएपछि उपसभामुख स्वत अर्काे दललाइ दिनुपर्नेछ।यसकाे लागि नेकपा कांग्रेसलाइ उपसभामुख दिने पक्षमा छैन ।यसैकारण नेकपालाइ सहयाेग गर्ने सर्तमा कि समाजवादी दललाइ अन्यथा राजपालाइ दिने तयारीमा नेकपा लागेकाे छ।यसैलेपनि सभामुख अलि गतिलाे मानिस चाहिन्छ भनेर नेकपाले उपसभामुख तुम्हाम्फेलाइ नराेज्ने ठाउँमा पुगेकाे छ।यता सभामुखकाे लागि पुर्वमाअेावादी खेमाबाट भने पम्फा भुषाल,अग्नि सापकाेट,देव गरूङहरू अघि बढेका छन।तर स्वयम प्रधानमन्त्री अेाली भने पुर्वएमालेबाट नै सभामुख छान्ने तयारीमा रहेकाे वुझिएकाे छ।