२०७६-०६ १६

मित्र प्रसाद पाण्डे

निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै सरकारी निवास बालुवाटारबाट बाहिरिन डेरा खोज्दैछन् । बिहीबार सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका महराले डेरा खोजिरहेको र भेट्टिदासाथ सरकारी निवास छाड्ने तयारी गरेको उनका सहयोगी डिल्ली मल्लले जानकारी दिए ।

महराले बिहीबार सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका हुन् । गाडी संसद सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको उनको सचिवालयले जनाएको छ ।

महराले बा२झ १२६८ नम्बरको ल्याण्डक्रुुसर गाडी चढ्दै आएका थिए । यस्तै क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ प्रहरी उनको सुरक्षामा खटिएका थिए ।

संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीले यौनदुव्र्यवहारको आरोप लागेपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । रोशनीले भने महराले दुव्र्यवहार नगरेको भन्दै प्रहरीमा निवेदन दिएकी थिए ।