नोट च्यात्ने, नोटमा केर्नेलाई तीन बर्ष कैद र ३० हजार जरिवाना

आज पनि बिहानैदेखि आम सर्वसाधारण जनताको नयाँ नोट लिनको लागि राष्ट्र बैंक अगाडी भिड लागेको छ । राष्ट्र बैंक पोखराले लाइनमा बसेका सर्वसाधारणलाई जनहि १८ हजार ५ सयको साना नोट ५, १०, २०, ५० र १०० को सटही गर्दै आएको छ । गत बर्ष २७ हजार ५ सय रुपैया जनहि सटही गर्ने गरे पनि यस बर्ष कम रकम भएकाले केही रकम सटही गर्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।