सिगांपुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले मंगलबार जिम्बावेसँग दोस्रो पटक भिड्दै छ ।

मंगलबार बेलुका सवा ५ बजेपछि जिम्बावेबिरुद्द हुने खेलमा नेपालले अघिल्लो खेलमा भएको गल्तिलाई सुधार्दै अझ राम्रो खेल खेल्ने बिश्वास लिईएको छ । टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बावे आफैमा बलियो टिम हो त्यसमा दुईमत छैन ।

डबल राउण्ड रोबिनमा संचालित सिरिजमा नेपालले यसअघि पहिलो खेलमा जिम्बावेसँग खेलिसकेको छ । टेस्ट राष्ट्र भएता पनि नेपालले जिम्बावेलाई सहज जित निकाल्न भने दिएको थिएन ।

सुरुमा ब्याटिङ गर्दै नेपालले दिएको १ सय ३३ रनको झिनो विजयी लक्ष्यलाई जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाएर उक्त चुनौतीलाई पार गर्यो । झिनो लक्ष्य भएता पनि सुरुवाती अबस्थामामा नेपालका स्टार खेलाडी सन्दिप लामिछानेले तिन मुख्य ब्याट्सम्यानलाई सून्य रनमा पभेलियनको बाटो देखाई दिएपछि खेलमा रोमान्चक बढेको थियो ।

त्यसपछी चाडै जित हासिल गर्ने ध्यानमा रहेको जिम्बाबेले सम्हालिएर खेलेको थियो । जिम्बाबेले त्यहाँ आफ्नो टेस्ट मान्यताको भरपुर अनुभव प्रयोग गर्यो । नेपालले खेलमा हारेता पनि जिम्बाबेसामु राम्रो नै प्रदर्शन गरेको हामिले मान्नुपर्छ ।