अमेरिकी राजदुत रयाण्डी वेरीले शुक्रवार पत्रकार सम्मेलन गरेर नेपालीहरुलाइ कसैको पछि नलाग्न सुझाव दिएका छन । उनले पत्रकार सम्मेलन गर्दा साथमा पत्रकार मात्र नभइ नेता तथा बौद्धिक ब्यक्तित्वहरुलाई पनि वोलाएका थिए । सो पत्रकार सम्मेलनमा उनले नेपालले इन्डोप्यासिफिक योजनाबाट फाइदा लिने सक्ने बताए । यो योजनालाई अमेरिकाले अघि बढाउने दृढता उनले ब्यक्त गरे । अमेरिकी राजदुतले नेपालले नेपालको हित कसरी हुन्छ त्यो ध्यानपुर्वक हेर्नुपर्ने धारणा पनि राखे । उनले प्रेस सम्मेलनको क्रममा करिव २० पेज लामा बक्तब्य पढेको थिए ।
चिनले नेपालमा गत साताभििर राजनीतिक गतिविधि गरेपछि अमेरिकाले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेको हो । यसअघि अमेरिकी राजदुत वेरीले पुर्वप्रधानमन्त्री शेरवहादुर देउवा देखि नेकपा नेता माधव नेपालसम्म भेटेका थिए । सो भेटमा उनले चीनको बढदो प्रभाववारेमा नेताहरुको धारणा वुझने कोशशि गरेका थिए । आजको पत्रकार सम्मेलनमा नेता,सांसद,राष्ट्रिपतिका सल्लाहकार,बौद्धिक ब्यक्ति सम्मलाइ डाकिएको थियो । पत्रकार सम्मेलनमा सवैभन्दा पहिला राजदुतले वैठकमा भेला भएका पत्रकार,नेता,सांसदको राय वुझेका थिए ।
चीनको राष्ट्रपतिको विचारलाइ सी विचारधारा भन्दै सत्तारुढ नेकपाले सीविचार धारा भन्दै पार्टीमा अध्यापन गराएपछि यसको प्रतिक्रिया दिनको लागि अमेरिकाले प्रेम मिट गरेको हो ।