काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज १०) देखि दशैँका लागि नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकसँगै अन्य बैंकले नयाँ नोट वितरण थालेपछि बिहानैदेखि बैंकहरूमा नयाँ नोट साट्नेको भिड लागेको छ ।

दशैँमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

एकजनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार पाँच सय रुपैयाँबराबरका नयाँ नोट साट्न पाउने

एकजनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार पाँच सय रुपैयाँबराबरका नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

यो सुविधा काठमाडौंमा राष्ट्र बैंकसहित सबै सरकारी बैंकका शाखा र निजी बैंकका शाखामा समेत उपलब्ध छ भने उपत्यकाबाहिर राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो सुविधा असोज १०–१७ गतेसम्म उपलब्ध हुनेछ ।