चिनिया कम्युनिष्ट पार्टी र नेकपा विच भ्रातृ सम्वन्ध रहेकाे भन्दै ६ वुदे सम्झाैता नै भए लगत्तै अमेरिकी राजदुत रयाण्डी वेरीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासंग भेटवार्ता गरेका छन।देउवा निवास वुढानिलकण्ठमा उनीहरूविच विहिवार भेटवार्ता भएकाे हाे ।

कांग्रेस नेताहरूले नेकपा संग मिलेर चिनले नेपालमा कम्युनिष्ट विचार निर्यात गरेकाे भन्दै अालाेचना गरेका छन।कतिपय कांग्रेस नेताहरूले अब नेपाललाइ पनि चिनिया विचारमा ढाल्ने र देश पनि चिनतिर ढल्काउने काेशिशकाे रूपमा अर्थ्याएका छन।

यस्ताे बेलामा अमेरिकी राजदुत सभापति देउवालाइ भेटेका हुन।उनीहरूकाे भेटमा चिनकाे बढदाे सक्रियताकाे वारेमा कांग्रेसकाे धारणा वुझने काेशिश अमेरिकाले गरेकाे वुझिएकाे छ।