टाटा मोटर्स स्पेयर पार्ट्सको उत्कृष्ट डिलरलाई टाटा एच फाइभ कार उपलब्ध

काठमाडौं – टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरिएको छ ।

नेपालभर रहेका ३ सय च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरु मध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयर्स उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ । साथै सम्मान स्वरुप टाटा मोटर्सद्वारा टाटा एच फाइभ कार प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा टाटा मोटर्सका आई वि हेड (पार्ट्स) राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठद्वारा सो सम्मान सयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । उनीहरुले टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्ट्सलाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराइ दिएकोमा धन्यबाद व्यक्त गर्दै आगामी दिनमा अरु जिम्मेवार भएर काम गरिदिनका लागि अनुरोध गरेका थिए ।

टाटाले टाटा जेन्युइन पार्ट्स नै सही भन्दै ग्राहकलाई सहजै स्पेयर पार्ट्स उपलब्ध होस् भन्ने उद्देश्यले स्थानीय व्यवसायीसँग सहकार्य गदै देश भरी टाटा जेन्युइन पार्ट्सलाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरहरुलाई प्रोत्साहान तथा सम्मानका अन्य थुप्रै कार्यक्रमहरु लिएर आएको बताएको छ ।

आउदा दिन अझै थुप्रै च्याम्पियन जोन तथा रिटेलरहरुलाई लक्षित गरी विविध कार्यक्रमहरु ल्याइने कुरा सिप्रदी अटो पार्ट्सका महाप्रवन्धक युवराज बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×