सरकारले असोज ३ गते देशब्यापी रुपमा संविधान दिवस मनाउने भनेर यसको ब्यापक तयारी थालेको छ । सरकारले तयारी थालेपछि यस अवधिमा के के गरिन्छ भनेर यसको खाका पनि सार्वजनिक गरेको छ । २०७२ सालमा विवादका विचमा संविधान जारी भएपनि अब यसमा कसैको विमति छैन भन्दै सरकारले संविधान दिवसलाइ ब्यापक र वृहद बनाउन यस्तो तयारी गरेको हो । सरकारले संविधान दिवसमा सवैको अपनत्व झल्काउने प्रयाश थालेको दावी गरेको छ । तर,यसको लागि उसले संविधान दिवसको महत्व झलकाउने गरि परिसम्वाद,सम्वाद र जनचेतनामुलक कार्यक्रम गर्ने,राष्ट्रिय सञ्चार माध्यममा संविधान विशेषांक प्रकाशन गर्ने र संविधानको बहुपक्षलाई उजागर गर्ने,सरकार तथा गैर सरकारी सञ्चार माध्यामबाट संविधानको महत्वको वारेमा प्रकाशन र प्रशारण गर्ने,सार्वजनिक चोकमा राष्ट्रिय गान र राष्ट्रभक्तिका गीत र कन्सर्ट आदि गर्ने,संविधान दिवसको दिनमा एसएमएस आदानप्रदान गर्ने,सिनेमा हलमा सिनेमा सुरु हुनु अघि राष्ट्रिय गान बजाउने,संविधान दिवससंग सम्वन्धित विषय वस्तुमा समाचार र सम्वाद केन्द्रित गर्ने लगायतका बुदा समेटिएका छन ।
तर,सरकारले थालेको तयारीका वाक्यांश हेर्दा एक जना पुर्वमन्त्री डा.देवेन्द्रराज पाण्डेले भने कडा अभब्यिक्ति दिएका छन । उनले सरकारको यो तयारीको भाषा हेर्दा निजि सञ्चार माध्यामलाइ पनि समावेश गरिनेछ भन्ने वाक्यांश बाहेक वाकी वुदा पञ्चायत कालमा फागुन ७ गते प्रजातन्त्र दिवस मनाउदाको झल्को दिने खालको भएको बताएका छन । कतिपय मानिसले सामाजिक सञ्जालमा यसवारेमा अभिब्यक्ति दिदै सरकारले दुनिया हसाउने काम गरेको टिप्पणी गरेका छन ।