काठमाडौं ।आगामी २ महिनाभित्रै बहुचर्तित नागढुङगा–नौविसे सुरूङमार्गको निर्माण सुरु गरिने भएको छ । यो आयोजना ढिलो गरी संचालनमा आउन लागेको हो ।

आयोजनाको निर्माण गत असारमै शिलान्यास गर्ने योजना भएपनि पाँच महिना ढिला गरि निर्माण सुरु गर्न लागिएको हो । नागढुङगा–नौविसे सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार आगामी साता ठेक्का सम्झौता गर्ने र नोभेम्वरबाट काम सुरु गर्ने योजनाका साथ काम भइरहेको छ ।