कमाण्डरनेताहरु सत्ताको नेतृत्वमा रहँदा जीवन-मरणको दोसाँधमा पूर्व लडाकु चौधरी

जनमुक्ति सेनाकी लडाकु जीतमायाँ चौधरी आफ्नो दुबै मृगौलाले काम गर्न नसकेर तीन वर्षदेखि मृत्युसँग जुँधिरहेकी छिन् ।

दान तुल्सीपुरकी जीतमाया चौधरीले दशवर्षे जनयुद्धमा जनसेना बनेर लडेकी थिइन् । आज उनी दुबै मृगौलाले काम गर्न नसक्ने भएपछि मृत्युसँग लडेरहेकी छिन् ।

तीन वर्षदेखि काठमाडौंस्थित राष्टिय मृगौला उपचार केन्द्र बनस्थलीमा डाइलोसि गरिरहेकी चौधरीले अहिलेसम्म ३० लाख बढी पैसा खर्च गरिसकेको बताइन् ।

पूर्व लडाकु चौधरीले आफु जतिबेला पनि जीवन सिद्धिने भन्दै जीवन रक्षाका लागि सहयोग गरिदिन सबैमा अनुरोध समेत गरिन् ।

जनयुद्ध लडेकाहरुमध्ये धेरैं कमाण्डर र नेताहरु सत्तामा रहँदा आज उनी भरपर्दो उपचार नपाएर मर्ने र बाँच्नुको दोसाँधमा छिन् ।

उनको उपचारमा विदेशमा रहेका केही आफन्तहरुले मात्र आर्थिक सहयोगबाहेक अरु कतैबाट पनि सहयोग नभएको चौधरीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×