उपचारको लागि सिंगापुर जानु अघि वालुवाटारमा भएको नेकपा सचिवालय वैठकमा नेकपा अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल विच भनाभन भएको छ । तेस्रो बरियता खोसेर अचानक चौंथोमा झारेका ओलीससंग असाध्यै रिसाएका माधव नेपालले मुखै छाडेर ओलीलाइ तपाइ…हो भनेर अपशब्द वोलेका थिए । यसअघि मुख्य विषयमा बहश हुन समयले भ्याउदैन भनेपछि महासचिव विष्णु पौडेलले अध्यक्ष केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेर वैठक टुंग्याउन प्रस्ताव गरेका थिए । यहि विचमा ओलीले आफु नहुदा वैठक राख्न र सर्वसम्मत रुपमा पार्टीका वैठक चलाउन अध्यक्ष प्रचण्डलाइ भनेका थिए । तर यो बोली भुइमा झर्न नपाउदै नेता नेपालले अब नेकपामा कुनै हालतमा सर्वसम्मत नहुने बताए । र,उनले आजको वैठकमा स्वास्थ्यालभको मात्र होइन,कुनै पनि प्रस्ताव आउनै नसक्ने अडान लिए । उनको योअडान पछि झोक्किएका अध्यक्ष ओलीले मलाइ तपाइको शुभकामना पनि चाहिदैन भने । यसरी दुइ नेताविच भनाभन भएपछि अध्यक्ष दाहालले सम्झाउन कोशिश गरे तर न ओली चुप लागे न माधव नै । यसरी सिंगापुर जाने तयारी गरिरहदा दुवै नेताले रातो मुख गरेर उठे ।