काठमाडौं । प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताए ।काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले युरोपका बिरामी पनि उपचार गर्न नेपाल आउने गरेको दाबी गरेका छन् ।

‘नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन्’ विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका छन्’ उनले भने ।

यसअघि नेमाकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी प्रश्न गरेका थिए । उनले केही उपकरण किनेर सिंगापुरका डाक्टरलाई यहाँ बोलाएर उपचार गर्न सकिने मत पनि रहेको भन्दै मन्त्रीसँग जवाफ मागेका थिए ।

सिंगापुरमा उपचारका लागि साउन १८ गते त्यसतर्फ गएका प्रधानमन्त्री केपी शर्मा ओली साउन २७ गते फर्किएका छन् । उनी फेरि उपचारका लागि त्यसतर्फ जाँदैछन् ।

जवाफमा उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई डाक्टरहरुले सिंगापुरमै उपचार गर्न सिफारिस गरेकाले सिंगापुर गएको बताएका छन् ।

उपप्रधानमन्त्री यादवले नेपालमा नेपालमा धेरै रोगको उपचार सम्भव भए पनि प्रधानमन्त्री भने डाक्टरको सिफारिसमा सिंगापुरमा उपचार गराएको बताए ।