नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनाैठाे अभिब्यक्ति दिएका छन।अचानक पार्टीकाे विभिन्न ३२ वटा विभागकाे नेतृत्व चयन गरेकाे भाेलिपल्ट नै उनले प्रगतिशील विधार्थी संघले गरेकाे कार्यक्रममा वाेल्दै पार्टी एकता नगरेकाे भए पनि हुन्थ्याे कि भन्ने लागेकाे बताएका छन।उनले यदि पार्टी एकता नगरेकाे भए एउटा विकल्प कायम रहि रहन्थ्याे कि भन्ने लागेकाे बताएका छन।पार्टी एकता अघि नेकपा एमाले र नेकपा माअेावादी केन्द्र अलग अलग दल थिए।नेपालमा ठुला कम्युनिष्ट पार्टी नै एककाे विकल्प अर्काे हुने गर्दथ्याे ।तर एकता पछि याे विकल्प नरहेकाे प्रचण्डकाे भनाइ छ।उनले पार्टी एकता पछि पनि नेकपाकाे वेमेल र किचलाे रहेकाे भन्दै अब याे अवस्था नरहने बताए।उनले नेकपा अब सवल हुने पनि बताए।यस्तै उनले चिकित्सकहरूलाइ चिकित्सा पेश मर्यादित र अनुशासित बनाउन पनि सुझाव दिएका छन।