निकै लामो रस्साकस्सीपछि नेकपाको सचिवालय वैठकले आज विभागको प्रमुखहरु तय गरेको छ । करिव एक घण्टा बसेको वैठकले नेकपामा निकै लामो समय देखि विवादको विषय बनेको स्कुल विभाग ईश्वर पोखरेललाइ नै दिएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले यसमा आफनो पक्षको दावेदारी गर्दै नारायणकाजी श्रेष्ठलाइ उम्मेदवार बनाए पनि अन्तत उनी प्रचार विभाग सम्हाल्न वाध्य भएका छन ।
यस्तै भर्खर प्रचण्डको साथ छाडेर ओलीतिर लागेका वामदेब गौतमले संगठन विभागको जिम्मेवारी पाएका छन । यति मात्र होइन उनले पार्टीको उपाध्यक्ष पद समेत पाएका थिए । जबकि नेकपा बन्दा उपाध्यक्ष भन्ने पद नै थिएन । गौतमको लागि यो पद सिर्जना गरिएको छ । महत्वपुर्ण विभाग जति पुर्वएमालेलाइ दिएर वैठकसम्पन्न गरिएको छ । वैठकले झलनाथ खनाललाइ नीति प्रतिष्ठान विभाग दिएको छ भने माधव नेपाललाइ विदेश विभाग दिएको छ ।नेकपामा प्रचण्डपक्षधर नेताहरुले भने सामान्य जिम्मेवारी मात्र पाएका छन । गृहमन्त्री भएका रामवहादुरा थापा बादलले राजकीय तथा शासकीय विभाग पाएका छन भने प्रचण्डकी वुहारी विना मगरले खानेपानी विभाग पाएकी छिन ।