नेपालको सन्दर्भमा एकपटक प्रधानमन्त्री वा मन्त्री वा सांसद भएपछि आजीवन सोही रवाफमा बाँच्ने जुन संस्कार छ यो पनि  देशलाई अगाडि बढन नदिने प्रमुख कारणहरुमध्येकै एक हो । विकसित मुलुकहरुमा बढीमा दुई कार्यकलापस्चात आफ्नो पुरानो पेशामा फर्कने वा अन्य केही काम गर्ने प्रचलन छ । अत: डा भट्टराई प्रधानमन्त्री बनेपछि नै नभए पनि नयाँ पार्टी खोल्नुको अलावा पहिला चर्चामा आए अनुरुप प्राध्यापन क्षेत्रमा लागेका भए देशलाई यथास्थितिमा राख्ने एउटा प्रमुख कारणको संस्कार तोड्ने पहिलो पूर्व प्रधानमन्त्री बनी ऐतिहासिक पुरुष बन्न पुग्थे ।  

रामकुमार श्रेष्ठ

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई १८ साउन शनिबार बिहान त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा प्राध्यापन दिने भूमिकामा देखा परे कीर्तिपुरस्थित त्रिभुवन विस्वविद्यालय पुगेर ।

केही बर्ष अगावै डा भट्टराईले नेपालीले आफूलाई यो भूमिकामा देख्न पाउने बताएका थिए । त्यसो त पूर्व रास्ट्रपति डा रामबरण यादवले चिकित्सकीय सेवामा फर्कने, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पढाउने र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ कालो कोट लगाउन शुरु गर्ने कुरा पनि नआएका होइनन, तर सबै नेपालका नेताको भाषण बन्न पुगे ।

भूकम्प पीडितको ब्यबस्थापनको जिम्मेवारी डा भट्टराईले नपाउनु पनि देशको दुर्भाग्य नै हो र पनि प्रधानमन्त्री बनेपछि नै नभए पनि उनी माओबादी पार्टी परित्याग लगत्तै प्राध्यापन क्षेत्रमा लागेका हुन्थे भने उन्को उचाइ उच्च नै भैराख्थ्यो र उनी एक ऐतिहासिक पुरुष बन्थे ।

बिगतले डा भट्टराईको राजनीतिमा संलग्नताभन्दा बिशेष निस्चित जिम्मेवारी निर्बाहमा उल्लेख्य परिणाम दिने क्षमतायुक्त बिशेष ब्यक्तिको रुपमा चित्रित गरेको छ । नेपालको सन्दर्भमा एकपटक प्रधानमन्त्री वा मन्त्री वा सांसद भएपछि आजीवन सोही रवाफमा बाँच्ने जुन संस्कार छ यो पनि  देशलाई अगाडि बढन नदिने प्रमुख कारणहरुमध्येकै एक हो जुन संस्कार प्रजातान्त्रिक विकसित मुलुकहरुमा पाइन्न । ती मुलुकहरुमा बढीमा दुई कार्यकलापस्चात आफ्नो पुरानो पेशामा फर्कने वा अन्य केही काम गर्ने प्रचलन छ । अत: डा भट्टराई प्रधानमन्त्री बनेपछि नै नभए पनि नयाँ पार्टी खोल्नुको अलावा पहिला चर्चामा आए अनुरुप प्राध्यापन क्षेत्रमा लागेका भए देशलाई यथास्थितिमा राख्ने एउटा प्रमुख कारणको संस्कार तोड्ने पहिलो पूर्व प्रधानमन्त्री बनी ऐतिहासिक पुरुष बन्न पुग्थे ।

डा भट्टराईकै सहपाठी डा उपेन्द्र देवकोटा मन्त्री भएपछि अन्य ब्यक्ति सरह नै मन्त्रीकै रवाफमा बसेका हुन्थे भने उन्का अधिकांश समय अन्य राजनीतिक ब्यक्तिकै जस्तो राजनीतिक फतफताइमा नै बित्थ्यो र आफ्नो निस्चित गुटको प्रसंशा प्राप्त गरे तापनि करीब ७०-८०% को त आलोचनाका पात्र नै हुन्थे, तर उन्ले त्यसो नगरी आफ्नै पुरानो डाक्टरी पेशामा फर्के । त्यस्कै परिणाम थियो उन्ले जीवनको अन्तिम घडीमा प्राप्त गरेको अथाह सम्मान ।

त्यो एकदिनको कार्यक्रमलाई त्यत्तिमा नै सीमित नराखेर नियमित रुपमा निरन्तरता दिएर नेपालमा बिद्यमान मर्ने बेलासम्म पनि राजनीतिक रबाफमा बस्ने कुसंस्कारलाई तोड्ने उदाहरणीय ब्यक्तिको रुपमा डा भट्टराईले आफूलाई देखाउनु उहाँको ब्यक्तिगत जीवन र देश दुबैका लागि हितकर हुने देखिन्छ ।

नोट: सकारात्मक र रचनात्मक टिप्पणीहरुलाई स्वागत छ तर नकारात्मक टिप्पणीहरुलाई भने बर्जित गरिनेछ किनकि हामी नकारात्मक सोंच र काममा पारंगत देखिन्छौं । कुर्सीमा बस्ने, बसाउने सबै त्यतैतिर बगिरहेको र बगाइएको बेलामा कम्तीमा त्यस्लाई यहाँँ त बर्जित गराउँ ।

रामकुमार श्रेष्ठको फेसबुकबाट