अग्निज्वाला / झापाको विर्तामोडस्थित नगरपालिकाको संयुक्त वडा कार्यालयमा आज बिहान बम विष्फोट भएको छ । वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको हो ।

स्थानीयहरुले तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित भवनमा बिहान साढे चार बजेतिर बम विष्फोट भएको जानकारी दिएका छन् । विष्फोटबाट कार्यालय भवनमा क्षति भएको स्थानीयको भनाई छ ।

बम विष्फोटमा कसको सहभागिता छ भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । तर प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

पछिल्ला दिनहरुमा वडा कार्यालयहरुमा विष्फोटको श्रङ्खला बढ्दो छ ।