यतिबेला दक्षिण एशियामा काश्मिर मुद्धाले प्राथमिकता पायको छ। भारतले जम्मु र काश्मिरमाथिकाे स्पेशल स्टेटश हटाएर अन्य राज्य जस्तै बनाउदै संविधानकाे धारा ३७० हटाएपछि क्रुद्ध भएकाे पाकिस्तानले अब विदेशी समर्थन जुटाउन पहल थालेकाे छ।भारतकाे कदमकाे विराेध गरेकाे पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशी काश्मिर मुद्धा विदेशी समर्थन जुटाउन यतिवेला चिनमा पुगेका छन।उनले चिनका विदेश मन्त्री वाङ यी संग भेट गरि यथार्थ जानकारी गराएका छन।भारतले जम्मु कश्मिर र लद्धाखलाइ समेत साधारण प्रान्तकाे रूपमा राखेपछि लद्धाखसंग सिमा जेाडिएकाे चिनले यसमा विराेध जनाइसकेकाे छ।र,पाकिस्तानका विदेशमन्त्रीसंगकाे भेटमा वाङले चीन पाकिस्तानसंग रहेकाे प्रष्ट बताएका छन।पाकिस्तानका विदेश मन्त्री कुरेशीले टिवट गर्दै भारतकाे यस कदमले यस क्षेत्रकै शान्ति खलबलिएकाे भन्दै चीन चिन्ता जाहेर गरेकाे समेत लेखेका छन।