समाचारदाता :मित्र प्रसाद पाण्डे
काठमाडाैं । सर्लाहीको मलंगवाबाट काठमाडौं आउदै गरेको बस धादिङको बेनिघाट रोराङ –३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता भएका छन् ।

ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान साढे ३ बजेतिर त्रिशुली नदीमा खसेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायतामा १२ जनाको सकुशल उद्धार गरिको धादिङ प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसनधानका अनुसार बसमा ४० यात्रु सवार रहेको जनाइएको छ भने, मृतक दुई जनाको सनाखत भएको छ । जसमा सर्लाहीका ३५ वर्षीय अजय दास र विजयकुमार रहेका छन् । अर्का एकजनाको सनाखत हुन सकेको छैन् ।

बेपत्ता २५ जनाको कुरिनटारस्थित सशस्त्रको गोताखोर टोलीले खोजी कार्य गरिरहेको समेत जनाइएको छ ।