बिस्तारै हिड अब यहाँ गाउँ आउन सक्छ

औकातले बोलाउदै मेरो नाउ आउन सक्छ ।

सकिन रिण तिर्न आमा जसो गरे पनि

बिचार गर बेलाबखत साउ आउन सक्छ।

नलुक्नु है देख्ने गरि झाडी कन्दरामा

के थाहा उस्को त्यही दाउ लाग्न सक्छ ।

म नै जमिन हु भन्ने कुरा उस्ले पाएपछी

घुम्दैफिर्दै निसानामा पाउ पर्न सक्छ ।

नकोट्याउनु अतीत लाई खुला चौतारिमा

कतै फेरि अकालमै घाउ लाग्न सक्छ।।

लेखक :अन्जन बस्नेत