विश्व ट्वान्टी–२० एसिया छनोटमा शनिबार नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । सिंगापुरमा जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

कप्तान पारस खड्काले सानदार इनिङ्स खेल्दै नेपाललाई जिताएका हुन् । कुवेतलाई हराएसँगै नेपालको ग्लोवल छनोटमा पुग्ने थप आशा पलाएको हो । भोली अर्थात आइतबार नेपालले सिंगापुरसँग भिड्ने छ ।