नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी नेता तथा प्रचण्डका बिश्वास पात्र  देवेन्द्र पौडेलले अब प्रधानमन्त्री नै बदल्ने बेला आएको बताएका छन । बुटवलमा पत्रकारहरुसंग बोल्दै उनले पार्टी एकता गर्दा नै दुइ नेताको विचमा ५ वुदे सहमति भएको भन्दै अब यो अक्षरश पालना गर्नुपर्ने बेला भएको बताए । नेकपाका दुइ अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको विचमा आधा कार्यकाल प्रधानमन्त्री साटाफेर गर्ने सहमति भएको थियो । सरकार सञ्चालन भएको १६ महिना वितिसक्दा पनि सरकारले राम्रो संग काम गर्न नसकेको पनि उनले बताए । उनले मन्त्रीपरिषदमा रहेका मन्त्रीहरुको बोलीको कारण पनि सरकार हल्का र कमजोर भएको बताएका छन । उनले मन्त्रीहरु तत्काल बदल्नु पर्ने अवस्था रहेको बताएका छन ।