काठमाडौं । प्रभु समूहले नेपालमा पहिलो डिजिटल भिडियो प्रशारण (डीभीबी–टीटु) मा आधारित प्रभु टिभी सञ्चालनमा ल्याएको छ ।
सूचना प्रविधिको विकासको क्रमसँगै ओटीटी प्रणालीमा आधारित मोबाइल, ट्याब्लेट तथा ल्यापटपमासमेत आफूले छानेको च्यानलहरु प्रभु टिभी अप्लिकेशनमार्फत हेर्न सकिनेछ ।

प्रभु टिभी कल साइनमार्फत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय टिभी च्यानलहरु ओटीटी प्रविधिमा मोबाइल, ट्याब्लेट तथा ल्यापटपमा इन्टरनेटको माध्यमबाट देशभरि नै वितरण गर्दै आइरहेकोमा हाल देश तथा विदेशमा समेत ओटीटी सेवा प्रदान गर्दै आइरहेको नेट टिभी ओटीटी सेवा प्रभु समूहले खरिद गरी प्रभु नेट टिभी ओटीटी सेवा सञ्चालन गरिएको छ ।

साथै यसअघि नेट टिभी ओटीटी सेवा लिइरहेका भएका ग्राहकहरुले प्रभु टिमी एप्लिकेशनमा लगइन गरी आफ्नो सेवा सुचारु गर्न सक्नेछन् ।

उक्त सेवा खरिद गर्न प्रभु पे डाउनलोड गरी गरी आवश्यक भुक्तानी गर्न सकिनेछ । साथै निकट भविष्यमा एनसेल, एनटिसी, स्मार्ट टेलिकमको मोबाइल सेवाबाट समेत भुक्तानी गरी सेवा प्राप्त गर्न सकिनेछ ।

प्रभू टिभी ओटीटी सेवा खरिद गरी नेपाली तथा विदशी चलचित्र, स्पोटर्स तथा विभिन्न मनोरञ्जनात्मक च्यानलहरु आफ्नो मोबाइल, ट्याब्लेट तथा ल्यापटपमा इन्टरनेटका माध्यमबाट हेर्न सकिनेछ ।

कोशेली सेवामार्फत आफन्तलाई प्रभू टिभी ओटीटीको सेवा खरिद गरी दिन सक्नेछन् । यसका अतिरिक्त ग्राहकहरुको सुविधा र वर्तमान आवश्यकतालाई महसूस गरी निकट भविष्यमै आईपीटिभी सेवा प्रदान गर्ने कार्यको प्रारम्भ गरी सकेको छ ।

जसअन्तर्गत ग्राहकहरुले सुलभ मूल्यमा एकै स्थानबाट इन्टरनेट तथा टिभिको सेवा सुविधा प्राप्त गर्नेछन । स्थापनाको प्रारम्भिक चरणमा यस प्रभु टिभीले काठमाण्डौ उपत्यका, चितवन र पोखरा लगायतका स्थानहरुमा आफ्नो सेवाहरु प्रदान गर्दै आएकोमा हाल क्रमशः सुनसरी, धरान, दमक, भैरहवा, बुटवल, नवलपरासी र कपिलवस्तुलगायतका स्थानहरुमा समेत आफ्नो सेवा प्रारम्भ गरिसकेको र जनकपुर तथा वीरगञ्जमा सेवा प्रसारण गर्ने योजना बनाएको छ ।

यसै गरी निकट भविष्यमा देशका अन्य स्थानहरुमा समेत क्रमिक रुपमा सेवा विस्तार गर्दै लैजाने योजना अनुरुप नेपालगञ्ज, कोहलपुर, धनगढी, दाङ र सुर्खेतमा समेत सेवा प्रशारण गर्ने कम्पनीले लक्ष्य लिएको छ ।