धनगढी ।

यसैसाता मात्र बिप्लप नेकपाले कैलाली र अछाम गरि ५७ वडा कार्यालयमा तालाबन्दी गरिसके र  कालिकोट जिल्लामा आइतबार राति सबै स्थानीय तहमा तालाबन्दी गरेकाछन।  यसैक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसंघर्षका कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको छ । पार्टीको सेती महाकाली ब्यूरोको हालै सकियको बैठकले एनसेलको करछलीविरुद्ध बहिस्कार अभियानसँगै अवैध वन फडानी, बालुवा–ढुंगा तस्करलाई कारवाही गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै ब्यूरो इन्चार्ज निर्माणले सेती–महाकालीका स्थानीय तहमा भइरहेको भइरहेको भ्रष्टाचार, चर्को करबृद्धी, महंगी, वित्तीय संस्थाको नाममा भइरहेको लुटपाट, एनजीओ आईएनजिओको सामाजिक घुसपैठको साथै सरकारी कार्यालयहरूमा भईरहेको अनियमितता र चरम भ्रष्टाचार, समाजमा व्याप्त बिकृती र विसंगति, स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाउँदै गएको अनियमितता र विसंगतीबिरुद्ध जनकारवाहीलाई अगाडि बढाउने निर्णय गरेको इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हेर्नुस् विज्ञप्ति