कालिकोट : बिप्लप नेकपा पश्चिम् नेपालमा एकाएक आक्रामक बन्दै गइरहेको देखिन्छ ।

यसैसाता मात्र बिप्लप नेकपाले कैलाली र अछाम गरि ५७ वडा कार्यालयमा तालाबन्दी गरिसकेको छ।

यसैक्रममा कर्णाली प्रदेश अन्तरगत रहेको कालिकोट जिल्लामा आइतबार राति एकैसाथ नेकपाका कार्यकर्ताहरुले सबै स्थानीय तहमा तालाबन्दी गरेकाछन। दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौं ! सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौं !! भन्ने मुल नारासहित भेरी कर्णाली व्युरोको अपील छरिएको समाचार प्राप्त भएको छ ।

अपिलमा सरकारी नेकपाको बिरोध गर्दै  ‘कम्युनिस्टको खोल ओढेको समाजिक दलाल पुँजीवाद सरकारले प्रतिक्रियावादी, पतनउन्मुख र मरणासन्न संसदीय व्यवस्थालाई संस्थागत गर्न नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धमात्र लगाएको, देशमा हत्या र आतंकसमेत सृजना गरेको छ ।

भेरी कर्णाली व्युरोको अपिलमा भनिएको छ, ‘विगतको निरन्तरतामा कथित कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले ठुलठुला राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचारी कामहरु गर्दै आएको छ । देशमा औद्योगिकरण गरी समृद्धिको बाटोमा लैजानुपर्ने माथिल्लो कर्णाली, अरुण३, माथिल्लो मस्र्याङ्दीलगायत तमाम परियोजनाहरु विदेशी एकाधिकारवादी माफियाहरुलाई दिर्ईएको छ । विदेशी एकाधिकारवादी माफिया कम्पनी एनसेलले राज्यलाई तिर्नु पर्ने ७२ अर्व रुपैया तिर्न नपर्ने भन्दै संसदवादी पार्टीका नेताहरु हिडिरहेका छन् । यसको पछाडि रहेको मुख्य कारण के हो भने अहिलेको संसदवादी सत्ताले राष्ट्रघाती सहमति गरेको र माफियाहरुबाट कमिसन खाएको छ, भ्रष्टाचार गरेको छ । हाम्रो पार्टीले राज्यलाई कर तिर्न दवाव दिंदै यो कम्पनीमाथि कार्यवाही गरेपछि सरकारले गरेको राष्ट्रघातको पर्दाफास गर्दै यो कम्पनीले कर तिर्न नपर्ने भनि नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरिसकेको छ ।’

अपिलमा  भनिएको छ, ‘देशमा अहिले व्यापक रुपमा भ्रष्टाचार, महंगी, चर्को कर असुली व्याप्त छ ।