नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग निकट रहेका नेता जनार्दन शर्माकाे एक बाक्यकाे बाेलीले अाइतवार दिनभर नेपालकाे राजनीति तरंगीत भयो ।उनले सामाजिक सञ्जाल टिवटरमा जम्मा एक बाक्य लेखेका थिए।तर उनकाे एक बाक्यले नया तरंग ल्यायाे।उनले टिवटरमा-विनाशकाले बिपरित बुद्धि ….उफ ! भन्दै टिवट गरे।

यति बेला सरकार प्रधानमन्त्रीकाे अभिब्यक्ति र  कामले असाध्यै विवादमा परेकाे छ।सरकारले हप्ता दिन अघि सीमा नाकाबाट चेक जाच गरेपछि मात्र नेपालमा भारतबाट ल्याउने तरकारी ल्याउन दिने भनेकाे थियाे तर अचानक सरकार पछि हटेर प्रधानमन्त्रीकै निर्देशनमा अब चेकजाच नगरि बिषादी मिसाइएकाे तरकारी पनि नेपालमा ल्याउन दिने निर्णयले नेपाल तरंगीत भइरहेकाे बेलामा नेकपा नेता शर्माले यस्ताे टिवट गरेका हुन।